लेख विवरण

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग : स्ट्यागको एकल अग्रता

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग : स्ट्यागको एकल अग्रता

काठमाडौं, भदौ ३ गते ।
आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को तेश्रो दिन मंगलबार एकल अग्रता कायम गरेको छ । चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ ।

पहिलो संस्करणको विजेता एभीएम टेबलटेनिस क्लब ३७ अंकसाथ दोश्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल ३५ अंकसाथ तेश्रो, खोल्चा पुखु खेलकुद समिति ३४ अंकसाथ चौथो, होप्स टेबलटेनिस एकेडेमी ३२ अंकसाथ पाँचौं र कीर्तिपुर नगरपालिका ३२ अंकसाथ छैटौं स्थानमा छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा यल टेबलटेनिस र द ड्रागन्स टेबटेनिस क्लबले समान २५–२५ बटुलेका छन् । ओल्ड रेस्ट्रो र भोर्टेक्स नेपाल टेबलटेनिस क्लबको समान २४–२४ अंक छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.