लेख विवरण

मल्भिका सुब्बालाई झापा वुमेन्स गोल्ड कप परिवारमा स्वागत

मल्भिका सुब्बालाई झापा वुमेन्स गोल्ड कप परिवारमा स्वागत

झापा, भदौ ३ – झापा वुमेन्स गोल्ड कपले महिला सशक्तिकरणको प्रतीक र सौन्दर्य तथा व्यक्तित्वको प्रतीक मल्भिका सुब्बालाई आफ्नो परिवारमा स्वागत गरेको छ।

सौन्दर्य र सामाजिक क्रियाकलापमार्फत पहिचान बनाएकी मल्भिका सुब्बा अब झापा वुमेन्स गोल्ड कपको महत्वपूर्ण हिस्सा बन्ने भएकी छन्। आयोजक समितिले उनलाई स्वागत गर्दै सामाजिक सञ्जालमार्फत भनेको छ, "हामी मल्भिका सुब्बालाई झापा वुमेन्स गोल्ड कप परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। उनी महिलाको सम्मान, आत्मबल र नेतृत्वको प्रतिमूर्ति हुन्।"

झापा वुमेन्स गोल्ड कपले महिला खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ। मल्भिका सुब्बाको सहभागीता प्रतियोगितालाई अझ सशक्त, प्रेरणादायी र प्रभावशाली बनाउने आयोजकको विश्वास छ।

झापा वुमेन्स गोल्ड कपको आगामी संस्करणमा मल्भिका सुब्बाको उपस्थितिले खेल र समाज दुवै क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.