नेदरल्याण्ड्सकी रोमी भिनस्ट्राले मधेश युनाईटेडबाट खेल्ने
काठमाडौं, भदौ ३ गते । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्ध गरेको छ । मधेशले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो ।
नेदरल्याण्ड्समा महिला भलिबलको क्षेत्रमा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका खेलाडीहरू उदाउँदै आएका छन् । तीमध्ये एक नाम रोमी भिनस्ट्रा को पनि रहेको छ । भिनस्ट्राले आफ्नो उत्कृष्ट खेलकौशल र प्रतिबद्धताले छोटै उमेरमै सफलता प्राप्त गरेकी छिन् । १८८ से.मी. अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन् । उनी सन् २०२१/२२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिन्छिन् । सन् २०२४ मा उनले नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भइन् ।
उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा मधेश युनाईटेड टिम धेरै खुशी रहेको र भिनस्ट्राको आगमनले टोलि अझ शसक्त हुने विश्वास टिमले लिएको छ । उन्को आगमनले निर्णायक खेलहरूमा उनका शक्तिशाली स्म्यास र स्थिर प्रदर्शनले टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान पुर्याउनेमा टोलीले जनाएको छ ।
भिनस्ट्राले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । नेपालको नाम धेरै सुनेको र नेपालमा आएर खेल्न धेरै उत्साहित रहेको बताएकी छन् ।
मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन् ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) हुनेछ ।
मधेश टिम : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद र स्नेहा ठगुन्ना ।
प्रशिक्षक : कोपिला उप्रेती ।

टिप्पणी लेख्नुहोस्