झापा, भदौ ३ – यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म झापाको शिवसताक्षी नगरपालिका–दुधे रंगशालामा आयोजना हुने झापा महिला गोल्डकप प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढिरहेको छ। प्रतियोगिता सफल बनाउन विभिन्न सहयोगी संघसंस्था र कर्पोरेट हाउसहरूले प्रायोजनको लागि चासो र समर्थन देखाइरहनुभएकोमा आयोजक समिति आभार व्यक्त गर्दछ।
आयोजक समितिको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “झापा महिला गोल्डकपमा सहयोग गर्न इच्छाशक्ति देखाउने सम्पूर्ण साझेदारहरूप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।”
यद्यपि, प्रतियोगितामा केही मदिराजन्य तथा सूर्तीजन्य उद्योगहरूबाट पनि प्रायोजनको प्रस्ताव आएको जनाइएको छ। तर, समाजिक उत्तरदायित्व र नैतिक मूल्यमान्यताको आधारमा आयोजक समितिले यस्ता उद्योगहरूको प्रायोजन अस्वीकार गर्ने निर्णय लिएको स्पष्ट गरिएको छ।
विज्ञप्तिमा थप भनिएको छ, “हामीले मदिरा र सूर्तीजन्य पदार्थका उत्पादनहरूबाट प्रायोजन स्वीकार नगर्ने निर्णय गरेका छौं। त्यसैले यहाँहरूको सहयोग ग्रहण गर्न नसकेकोप्रति क्षमापार्थी छौं।”
झापा महिला गोल्डकपले खेलकुदसँगै सामाजिक सन्देश र महिला सशक्तिकरणको भावनालाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्षको संस्करणमा पनि स्वच्छ र सकारात्मक सन्देश दिनु नै आयोजकको प्रमुख उद्देश्य हो।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्