साफ यू–१७ महिला च्याम्पियनसिप २०२५: मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ र कप्तान भूमि बुढाथोकीको प्रेस कन्फरेन्समा प्रतिक्रिया
भुटान – साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ को पूर्वसन्ध्यामा नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ र कप्तान भूमि बुढाथोकी ले आज आयोजित Pre-Match Press Conference मा टोलीको तयारी र आत्मविश्वासबारे आफ्नो धारणा सार्वजनिक गरे।
प्रशिक्षक श्रेष्ठले भने, “हामीले प्रतियोगिताका लागि आवश्यक तयारी पूरा गरेका छौं। खेलाडीहरू उत्साहित छन् र राष्ट्रको लागि उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध छन्।”
कप्तान भूमि बुढाथोकीले भनेकी छन्, “साफ च्याम्पियनसिप हामी सबैका लागि अवसर हो। हामी भारतविरुद्धको पहिलो खेलमार्फत सशक्त सुरुवात गर्ने लक्ष्यमा छौं।”
प्रतियोगिता विवरण:
प्रतियोगिता मिति: साउन ४ देखि १५ (August 20–31)
पहिलो खेल: नेपाल vs भारत
स्थान: भुटान
नेपाली टोली यस वर्षको संस्करणमा बलियो सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रन तयारी अवस्थामा छ। प्रशिक्षक र कप्तान दुवैले टोलीको आत्मबल उच्च रहेको संकेत दिएका छन्।
नेपालले समूह चरणबाटै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि होडमा रहने अपेक्षा गरिएको छ।
टिप्पणी लेख्नुहोस्