लेख विवरण

एन्फा यू-१८ युथ लिग २०८२ मंसिर ३ गतेदेखि सुरु हुने, तयारी खर्चस्वरूप प्रति टिम ३.५ लाख प्रदान गरिने

एन्फा यू-१८ युथ लिग २०८२ मंसिर ३ गतेदेखि सुरु हुने, तयारी खर्चस्वरूप प्रति टिम ३.५ लाख प्रदान गरिने

सातदोबाटो, भदौ ३ – अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा यू-१८ युथ लिग २०८२ सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा आगामी मंसिर ३ गतेबाट लिग सुरु गर्ने सहमति भएको छ।

महासचिव किरण राईको नेतृत्वमा सम्पन्न छलफलमा सहभागी टोलीहरूलाई तयारी खर्चस्वरूप प्रति टिम रू. ३ लाख ५० हजार प्रदान गरिने निर्णय गरिएको छ।

महत्वपूर्ण मिति:

  • टिम दर्ता: असोज १० गतेभित्र

  • न्यूनतम खेलाडी दर्ता: कात्तिक २४ गतेभित्र

  • FIFA Connect Workshop र Social Media Workshop: कात्तिक २५ गते

  • खेल तालिका सार्वजनिक: कात्तिक २६ गते

छलफलमा महासचिव किरण राईसहित एन्फाका केन्द्रीय सदस्यहरू पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ, मनिष जोशी, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर तथा ए डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

युथ लिगमार्फत नेपाली फुटबलको जरा अझ बलियो बनाउने एन्फाको प्रयासका रुपमा यो प्रतियोगिता महत्वपूर्ण मानिएको छ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.