दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल : टाइमलाइनको विजयी सुरुआत
काठमाडौं, भदौ ५ गते ।
आयोजक टाइमलाइन स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार विजयी सुरुआत गरेको छ ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित घरेलु कोर्टमा टाइमलाइनले लर्डस् लाइट एकेडेमीलाई ११–१० को झीनोअन्तरले पराजित ग¥यो । टाइमलाइनकी सुप्रिया वाइबाले ८ अंक जोडिन् ।
सिनियर गल्र्समै बागमती बोर्डिङ स्कुलले मनकामनालाई १४–९, यङ हार्ट्सले पल्र्सलाई १३–१ र गोकर्णेश्वरले इस्ट पोललाई ४–१ ले हराए । बागमतीकी डिकी शेर्पाले ६, यङ हार्ट्सकी डोमा लिम्बूले ५ र गोकर्णेश्वरकी समृद्धि बुढाथोकीले ४ स्कोर गरे ।
सिनियर ब्वाइजमा बागमतीले अक्षर एकेडेमीलाई ३९–२४, सर्वनम शिक्षालयले विद्या आर्जनलाई ३४–२४, चैतन्यले एम्बासडरलाई ४६–२७ र प्रारम्भ एकेडेमीले भेनस पब्लिक स्कुललाई २६–२२ ले पाखा लगाए । बागमतीका आयुश बस्नेतले १८, सर्वनमका निग्मा शेर्पाले १२, चैतन्यका विप्लवले १९ र प्रारम्भका आशिष मगरले १४ अंक बटुले ।
प्रतियोगिता टाइमलाइनका अध्यक्ष नवराज रिजाल प्रिन्सिपल रामप्रसाद बडालले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्