लेख विवरण

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग : स्ट्यागको अग्रता

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग : स्ट्यागको अग्रता

काठमाडौं, भदौ ५ गते ।
आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ मा बिहीबार एकल अग्रता कायम गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको आठौं चरणको खेल सकिँदा स्ट्यागले ७७ अंक जोडेको छ । स्ट्यागलाई पछ्याइरहेको एभीएम टेबलटेनिस क्लबले ७५ अंक बटुलेको छ ।

टप स्पिन टेबलटेनिस गुड्स नेपालले ७२ तथा खोल्चा पुखु खेलकुद समिति र होप्स टेबलटेनिस एकेडेमीले समान ६०–६० अंक जोडेका छन् ।

यल टेबलटेनिसले ५९, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ५४, कीर्तिपुर नगरपालिकाले ५३, द ड्रागन्स टेबलटेनिस क्लबले ४८ र ओल्ड हाउस रेस्ट्रोले ४२ अंक बटुले ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.