लेख विवरण

लुम्बिनी लाभाजले भैरहवामा टूफी टुर र ट्यालेन्ट हन्ट गर्ने

लुम्बिनी लाभाजले भैरहवामा टूफी टुर र ट्यालेन्ट हन्ट गर्ने

भैरहवा । वात्सल्य एभरेष्ट महिला भलिवल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले प्रतियोगिताको टूफी टुर र ट्यालेन्ट हन्ट कार्यक्रम भैरहवामा सञ्चालन गर्ने भएको छ ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लुम्बिनी लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा “टूफि टुर” तथा “ट्यालेन्ट हन्ट कार्यक्रम” सञ्चालन गर्ने भएको हो ।

लुम्बिनी लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा टूफी अनावरण गरी लुम्बिनी प्रदेशका विभिन्न स्थानमा टूफी परिक्रमा गराइनेछ । टूफी टुर र ट्यालेन्ट हन्टको उद्देश्य प्रदेशभित्र भलिवल खेलप्रतिको जनचासो र स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गर्नु रहेको क्लबले जनाएको छ ।

ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका प्रतिभावान र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले लुम्बिनी लाभाज टोलीमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । टिम व्यवस्थापकका अनुसार ट्यालेन्ट हन्टमार्फत छनोट भएका खेलाडीलाई आगामी दिनमा राष्टिूय तथा अन्तर्राष्टिूय स्तरमा प्रतियोगितामा अवसर प्रदान गरिने लक्ष्य राखिएको छ ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सिद्धार्थ जेसिसले गर्नेछ । ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी हुन इच्छुक खेलाडीहरूले तोकिएको मापदण्ड अनुसार सिद्धार्थ जेसिसमा सम्पर्क गर्नु पर्नेछ।

यसअघि सम्पन्न अक्सनमार्फत लुम्बिनी लाभाजले नेपाली राष्टिूय महिला भलिवल टोलीकी कप्तान अरुणा शाहीका साथै कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामा, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टिममा अनुबन्धन गरिसकेको छ । नेपाल भलिवल संघसँगको सहकार्यमा इन्फिनिटी डिूम्स प्रा.लि.ले आयोजना गरेको प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुदैछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.