लेख विवरण

अन्तर विद्यालय बास्केटबल : ग्रिनल्यान्डको विजयी सुरुआत

अन्तर विद्यालय बास्केटबल : ग्रिनल्यान्डको विजयी सुरुआत

काठमाडौं, भदौ ५ गते ।
आयोजक ग्रिनल्यान्ड आवासीय माविले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । ग्रिनल्यान्ड सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्समा जित हात पार्न सफल भयो ।

धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३६–३२ ले पराजित ग¥यो । ग्रिनल्यान्डका रोहित अधिकारीले १४ अंक जोडे ।

सिनियर ब्वाइजमै टीआईएले स्किब्सलाई ५९–४९, गोल्डेनपिकले क्यान्भास बसन्त ऋतुलाई ५६–२५ र भद्रकालीले रिलायन्स पब्लिकलाई ३५–३४ ले हराए । टीआईएका रोसन नगरकोटीले १८, गोल्डेनपिकका पेम्बा तेन्जिङ शेर्पाले १४ र भद्रकालीका सुदिप श्रेष्ठले २६ स्कोर गरे ।

सिनियर गल्र्समा ग्रिनल्यान्डले नव दीक्षितलाई २५–१४, क्यान्भासले ज्ञान संस्कारलाई २२–१७ र बेलमोन्टले टीआईएलाई १७–१३ ले पाखा लगाए । ग्रिनल्यान्डकी प्रियंका चन्दले ८, क्यान्भासकी सिजुका देउलाले १० र बेलमोन्टकी समिक्षा मगरले ९ अंक जोडिन् ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २३–६, गोल्डेनपिकले जेबी स्कुललाई १६–१५, रिलायन्स पब्लिकले ज्ञान संस्कारलाई १९–८ र एन्जल्स हार्टले फ्युजन एकेडेमीलाई २९–२२ ले पन्छाए । ग्रिनल्यान्डका बियोन गुरुङले ९ तथा गोल्डेनपिकका फुर्वा शेर्पाले ८ अंक जोडे ।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र सह–प्रचार्य विनोद घिमिरेले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । दसदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.