स्वर्णिम र ज्ञान निकेतन क्वाटरफाइनलमा
काठमाडौं, भदौ ७ गते ।
स्वर्णिम र ज्ञान निकेतन तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई १८–११ ले पराजित ग¥यो । स्वर्णिमको जितमा प्रतिक महर्जनले ८ अंक योगदान गरे ।
महेन्द्र प्याकुरेलको १६ अंक सहयोगमा ज्ञान निकेतनले भ्याली भ्युलाई ५४–४० ले हरायो । विजेता दुवै भेट क्वाटरफाइनलमा हुनेछ ।
सिनियर ब्वाइजमै पिपुल्स एकेडेमीले आनन्दकुटीलाई ३२–१२, कश्यपले न्यु जेनिथलाई २५–२०, पुष्पसदनले मनास्लुलाई ५६–४४, राराहिलले बेबीलनलाई ३७–२१, ब्राइट होराइजनले युरो स्कुललाई ५२–३६ र कन्स्टिलेसनले एनआईसी एकेडेमीलाई ४०–२० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
अन्य क्वाटरफाइनल पिपुल्स र पुष्पसदन, कश्यप र कन्स्टिलेसन तथा राराहिल र ब्राइट होराइजनबीच हुनेछ । सिनियर गल्र्सको क्वाटरफाइनलमा रिब्सले जेसिस, स्वर्णिमले रेडियन्ट पब्लिक, केसीसीएस र राराहिल तथा ग्यालेक्सीले युरो स्कुलको सामना गर्ने छन् ।
दुवै समूहको क्वाटरफाइनल आइतबार हुनेछ । आइतबारै न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु–११, यु–१३ र यु–१६ उमेरसमूहको सेमिफाइनल पनि खेलाइने छ ।

टिप्पणी लेख्नुहोस्