लेख विवरण

भ्याली पब्लिकको तीनै टोली विजयी

भ्याली पब्लिकको तीनै टोली विजयी

काठमाडौं, भदौ ७ गते ।
भ्याली पब्लिकको तीनै टोलीले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । भ्याली पब्लिकले सिनियर ब्वाइजमा २ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा १–१ जित निकाल्यो ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको पहिलो खेलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३९ ले पराजित ग¥यो । भ्याली पब्लिका अशोक विकले ३२ अंक जोडे । अर्को खेलमा भ्याली पब्लिकले क्यान्भास बसन्त ऋतुलाई ४०–३३ ले हरायो । भ्याली पब्लिकका हिमेश विश्वकर्माले १२ स्कोर गरे ।

सिनियर ब्वइजमै हेम्सले स्वेता सदनलाई ६२–२३, भद्रकालीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३८–३७ र गण्डकीले तेजस्वीलाई २९–२८ ले पाखा लगाए । हेम्सका आशुतोष यादवले १७, भद्रकालीका सुदिप श्रेष्ठले १७ र गण्डकीका सुविन अर्यालले ८ स्कोर गरे ।

सिनियर गल्र्समा भ्याली पब्लिकले भ्याली पब्लिकले गण्डकीलाई २७–४ तथा केभीकेएसएसले सत्यसाइलाई १८–१५ ले पाखा लगाए । भ्याली पब्लिककी लोरिशा गौचनले ९ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक बटुले ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले ज्ञानभूमिलाई १२–११, न्युटनले एन्जल्स हार्टलाई २९–२६, पारामाउन्ट एकेडेमीले रिलायन्स पब्लिकलाई ४१–११, गोल्डेनपिकले भद्रकालीलाई २६–९ र तेजस्वीले फ्युजनलाई १२–८ ले  पन्छाए । भ्याली पब्लिकका सुयोग गौतमले ६, न्युटनका आर्यन विकले ११, पारामाउन्टका सुदिप घलेले ८, गोल्डेनपिकका फुर्वा शेर्पाले १३ र तेजस्वीका अशोक तामाङले ६ अंक जोडे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.