लेख विवरण

काठमाडौँमा दुई दिने एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

काठमाडौँमा दुई दिने एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

२०८२ साल भाद्र ८ गते आइतबार
काठमाडौँमा दुई दिने एसुस एण्ड रोग गेमिंग डेजको आयोजना भएको छ। काठमाण्डौको पुतलीसडक स्थित आईटिटिआई स्टोर बाई नागमणि र गत साता शुक्रबार ललितपुरको लाबिम मल स्थित निओ गेमिंग स्टोर गरि दुई दिने कार्यक्रम आयोजना गरिएको हो।

विश्वकै नम्बर वान गेमिङ ब्राण्डको रुपमा रहेको रिपब्लिक अफ गेमर्स (आरओजी) को घरको रुपमा रहेको एसुस नेपालले यो अवसरमा तीन नयाँ मोडलको गेमिङ ल्यापटप समेत सार्वजनिक गरेको छ । आरओजी स्ट्रिक्स जी सिक्सटिन, टफ गेमिंग एफ सिकस्टिन र एसुस गेमिंग भी सिक्सटिन ९ ब्क्ग्क् न्बmष्लन ख्ज्ञट ० गरि तिन नयाँ गेमिंग ल्यापटप आकर्षक मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछन्।

कार्यक्रममा नेपालका सबैभन्दा चर्चित इ-स्पोर्ट्स टिममध्ये एक होर इस्पोर्ट्सका सीआर सेभेन होर उपनाम भएका सन्जन गौतम खेलाडी विशेष अतिथिको रुपमा उपस्थित भएका थिए। नेपालमै सबैभन्दा धेरै पछ्याइने मध्यका एक गेमिंग इन्फ्लुएन्सर रहेका गौतमले सो अवसरमा एसुसका नयाँ प्रोडक्ट समेत सार्वजनिक गरेका थिए। सो अवसरमा उनका फ्यानहरुसंग भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो।

पब्जी मोबाइल वर्ल्ड कपमा विश्वकै नवौं स्थानमा पर्न सफल भैसकेको होर स्पोर्ट्सका खेलाडीहरुले दुई दिन अघि लाबिम बलमा पनि प्रोडक्ट सार्वजनिक गरेका थिए भने फ्यानहरुसंग भेटघाट समेत गरेका थिए। होर स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपमा लगभग २ करोड पुरस्कार राशि हात पार्न सफल टिम हो।

होरा ईस्पोर्टस् का खेलाडिहरु भेट्न उल्लेख्य संख्यामा प्रशंसकहरु उपस्थित भएका थिए। उनीहरुको मनोरंजनको लागि एफ् सी २५ को प्रदर्शन प्रतियोगिता संचालन गरि नगद पुरस्कार र विविध प्रविधि सम्बन्धि सामानहरु गिफ्ट गरिएको थियो।

उक्त कार्यक्रममा एसुसका प्रतिनिधिहरुले ‘रोग’ सिरिजका ल्यापटपहरुको विशेषताहरुको जानकारी दिँदै नेपाली ईलेक्ट्रोनिक् गेमर्स् हरुको प्राविधिक आवश्यकता यी ल्यापटपहरुले पुरा गर्ने विश्वास लिएका छन्।

कार्यक्रममा एसुसका नयाँ मोडलको गेमिङ ल्यापटपको प्रयोग पछि सन्जन गौतम (सीआर सेभेन होर) ले प्रोडक्टको तारिफ गरे। उनले एसुसका नयाँ गेमिंग ल्यापटपको परफरमेन्स तारिफयोग्य रहेको, खेल्न सहज र आरामदायी भएको त्यसैले प्रो गेमर्सहरुको लागि उत्कृस्ट रोजाई हुने विश्वास व्यक्त गरे।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.