बेलमोन्ट र न्युटनको जित
काठमाडौं, भदौ ८ गते ।
बेलमोन्ट र न्युटनले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार जित हात पारेका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बेलमोन्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १९–१७ ले पराजित ग¥यो । बेलमोन्टको जितमा समिक्षा मगरले ८ अंक योगदान गरिन् । इरिन राणाको ६ अंक सहयोगमा न्युटनले ल्यान्डमार्कलाई २०–१७ ले हरायो ।
सिनियर गल्र्समै इडेन ब्रिज एकेडेमी (इबीए) ले क्यान्भास बसन्त ऋतुलाई १५–८, तेजस्वीले टीआईएलाई १८–१२ र केभीकेएसएसले गण्डकीलाई २३–१३ ले पाखा लगाए । इबीएकी अनामिका पटेलले ६, तेजस्वीकी एस्थर बरुवालले १२ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक बटुले ।
जुनियर ब्वाइजमा हिमालयनले ज्ञानभूमिलाई १४–१३, एन्जल्स हार्टले तेजस्वीलाई ४२–३२, पारामाउन्ट एकेडेमीले ज्ञान संस्कारलाई २४–१५, जेबी स्कुलले आयोजक ग्रिनल्यान्डलाई १७–१३, न्युटनले फ्युजनलाई ३२–२० र लालीगुराँस नेसनल एकेडेमीले भ्याली पब्लिकलाई २७–१६ ले पन्छाए । हिभालयनका दिपेन तामाङले ६, एन्जल्स हार्टका रेहान क्षेत्रीले १२, पारामाउन्टका सुदिप घलेले ७, जेबी स्कुलका गौरव ओलीले ७, न्युटनका दिवस मगरले १३ र लालीगुराँसका मन्शुभ गुरुङले १२ अंक जोडे ।
सिनियर ब्वाइजमा न्युटनले सेवा सदनलाई ५७–४२ तथा गण्डकीले जिनियस वल्र्डलाई ३९–३३ ले पराजित गरे । न्युटनका उज्ज्वल श्रेष्ठले २० तथा गण्डकीका विजय घलेले ११ स्कोर गरे ।

टिप्पणी लेख्नुहोस्