लेख विवरण

आना फ्लाभियापछि मायरा भिटोरिया कर्णाली यशभिसमा अनुबन्ध

आना फ्लाभियापछि मायरा भिटोरिया कर्णाली यशभिसमा अनुबन्ध

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशभिसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरेको छ। ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको गरेको केही दिनभित्रै अर्की चर्चित ब्राजिलका महिला भलिबल खेलाडी मायरा भिटोरियालाई अनुबन्ध गरेको छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्प्रर्धाका लागि कर्णाली यशभिसले सेटर आना फ्लाभिया र मायरा भिटोरियालाई अनुबन्धित गरेको हो।

पहिलो संस्करणको विजेता कर्णाली यशभिसले  दोस्रो संस्करणमा पनि जित निकाल्नका लागि ब्राजिलका महिला भलिबल खेलाडीहरु अनुबन्ध गरेको हो। 

यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.