सर्वियाकी केकमान आकस्मिक रूपमा स्वदेश फर्किइन्, पोखरा निन्जाजलाई झट्का
पोखरा, भदौ ९ – वत्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि पोखरा निन्जाजले केही दिनअघि मात्रै अनुबन्ध गरेकी सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर केकमान आकस्मिक रूपमा स्वदेश फर्किएकी छन्।
केकमानकी आमालाई हृदयघात भएको खबर आएपछि उनी तत्काल स्वदेश फर्किन बाध्य भएकी हुन्। यस दुःखद परिस्थितिमा पोखरा निन्जाज टिमले उनको आमाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ।
"यो कठिन घडीमा हाम्रो सम्पूर्ण टिम केकमानसँगै छ," टिम व्यवस्थापनले एक विज्ञप्तिमा भनेको छ। "उनी हाम्रो परिवारको हिस्सा हुन्, र हामी उनलाई पूर्ण समर्थन जनाउँछौं।"
ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने वत्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० गतेदेखि २८ गते (सेप्टेम्बर ५–१३) सम्म पोखरामा आयोजना हुँदैछ। प्रतियोगितामा विभिन्न टिमबीच उच्चस्तरीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्