मिडल्याण्ड्स कप २०२५ को उपाधि पिएनएस फुटबल टोलीलाई
नटिङ्घम, बेलायत | २०२५ भदौ १०
मिडल्याण्ड्स कप २०२५ को फाइनल खेलमा शानदार प्रदर्शन गर्दै पिएनएस (पिटरबरो नेपाली समाज) फुटबल टिम ले ऐतिहासिक जित हात पारेको छ। नटिङ्घममा सम्पन्न उक्त प्रतिष्ठित प्रतियोगितामा पिएनएस टिमले उत्कृष्ट खेल कौशल, समर्पण र टीम वर्कको शानदार उदाहरण प्रस्तुत गर्दै उपाधि उचालेको हो।
पीटरबरो नेपाली समाजका अध्यक्ष बिष्णु थापाले एक प्रेस विज्ञप्ति मार्फत टिमलाई बधाई दिएका छन्। उनले भनेका छन् - “हामी हर्षका साथ पिएनएस फुटबल टिमलाई मिडल्याण्ड्स कप२०२५, नॉटिंघम मा विजयी भएको ऐतिहासिक उपलब्धिको लागि हार्दिक बधाई दिन्छौं। यो उल्लेखनीय सफलता खेलाडीहरूको समर्पण, अनुशासन र उत्कृष्टताप्रति अविचलित प्रतिबद्धताको प्रतिफल हो। यस विजयले केवल टोलीलाई मात्र गौरवान्वित गरेको छैन, बरु एकता र धैर्यको शक्तिलाई पनि उजागर गरेको छ।”
प्रतियोगिता भित्रको यात्राभरि पिएनएस टिमले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै सबैलाई प्रभावित पारेको थियो। नेपाली समुदायमा यस सफलताले उत्साह र गौरवको लहर ल्याएको छ।
अध्यक्ष थापाले आगामी दिनमा पनि टिमबाट यस्तै उत्कृष्ट प्रदर्शन र गौरवपूर्ण क्षणहरूको अपेक्षा व्यक्त गरेका छन्। यस ऐतिहासिक जितले न केवल बेलायतस्थित नेपालीहरूको पहिचानलाई थप मजबुत बनाएको छ, तर खेलकुदमार्फत समुदायमा एकता, सकारात्मक ऊर्जा र सहकार्यको सन्देश समेत फैलाएको छ।

टिप्पणी लेख्नुहोस्