तीन नेपाली क्रिकेट खेलाडीद्धारा एसए टी-२० लिग २०२५ को अक्सनका लागि नाम दर्ता
काठमाडौं | भदौ १०, २०८२
एसोसिएट क्रोनिकल्सको रिपोर्ट अनुसार, तीन जना नेपाली क्रिकेट खेलाडीहरू ले आगामी एसए टी-२० लिग २०२५ को अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन्।
अक्सन अक्टोबर १ मा केप टाउन, दक्षिण अफ्रिकामा आयोजना हुने तय भएको छ।
हालसम्म दर्ता भएका ती तीन नेपाली खेलाडीहरूको नाम सार्वजनिक गरिएको छैन। यस्तै, टी-२० लिगको आधिकारिक स्रोतबाट समेत औपचारिक पुष्टि आउन बाँकी छ।
यदि यो जानकारी पुष्टि हुन्छ भने, नेपालबाट टी-२० लिगमा सहभागी हुने सम्भावित पहिलो खेलाडीहरू बन्ने सम्भावना रहेको छ। यो घटनाले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहुँच र प्रभावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
हामी थप विवरण आउँदा साथ अपडेट गर्नेछौं।

टिप्पणी लेख्नुहोस्