३१ औं ज्ञान कार्निभल : रेडियन्ट पब्लिक विजयी
काठमाडौं, भदौ १० गते ।
रेडियन्ट पब्लिक ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको गल्र्समा मंगलबार विजयी भएको छ । रेडियन्टले रातो बंगलालाई १३–७ ले पराजित ग¥यो । रेडियन्टकी सेजल क्षेत्रीले ८ स्कोर गरिन् ।
बास्केटबलको ब्वाइजमा ओएसिस्ले स्वस्तिश्रीलाई २६–२०, हिमालयले रातो बंगलालाई २१–१६, बीडिएसले मल्पीलाई ४४–२२ र आईएमएसले क्रिएटिभलाई ४६–७ ले हराए । ओएसिस्का सिद्धान्त राईले १२, हिमालयका रोहन नापितले १३, बीडिएसका साहिल महर्जनले २१ र आईएमएसका सुवर्ण मगरले १२ अंक जोडे ।
ब्वाइज फुटबलमा मल्पीले द एक्सेल्सियर स्कुलाई ५–३ गोलले पराजित ग¥यो । मल्पीका स्पन्डन खड्काले ४ तथा शिवम्ले १ गोल गरे । एक्सेल्सियरका लियान गुरुङ, साहिलराज थापा र आर्यन गोलले समान १–१ गोल गरे ।

टिप्पणी लेख्नुहोस्