ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल : बीएनए र जेबीको जित
काठमाडौं, भदौ १० गते ।
बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र जेबी स्कुलले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।
बीएनएले रिलायन्स पब्लिकलाई २३–१८ ले पराजित ग¥यो । बीएनएको जितमा दिपक तामाङले ९ अंक योगदान गरे । गौरव ओलीको ११ अंक सहयोगमा जेबी स्कुलले भद्रकालीलाई २७–२१ ले हरायो । सोही स्पर्धामा गोल्डेनपिकले आयोजक ग्रिनल्यान्डलाई २९–२४ ले पाखा लगायो । गोल्डेनपिकका आज्ञराज राईले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ५३–४७, जेबी स्कुलले फेरिल्यान्डलाई ३७–३१, पारमाउन्ट एकेडेमीले सरस्वतीलाई ५०–४१ र हेम्सले एचएचसीएलाई ५३–४१ ले पन्छाए । गोल्डेनपिकका प्रिसम केसीले १२, जेबीका नरेश बोहराले १५, पारामाउन्टका मनोज गुरुङले १६ र हेम्सका जोनस कुइकेलले १२ अंक जोडे ।
सिनियर गल्र्समा ल्यान्डमार्कले नव दीक्षितलाई २३–१७ तथा फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २४–२१ ले पराजित गरे । ल्यान्डमार्ककी प्रतिक्षा राई र फेरिल्यान्डकी प्रतिमा कार्कीले समान ७–७ स्कोर गरे ।

टिप्पणी लेख्नुहोस्