लेख विवरण

जुनियर तथा क्याडेट टेबलटेनिस भोलिदेखि

जुनियर तथा क्याडेट टेबलटेनिस भोलिदेखि

काठमाडौं, भदौ १० गते ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगिताअन्र्गत जुनियर र क्याडेट पुरुष/महिलामा ४ सिंगल्स खेल हुने आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् ।

शशि–कल्यण कल्याण कोषको प्रायोजनमा हुने तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । सबै प्रदेशबाट खेलाडीको सहभागिता रहने महासचिव सिंहले जानकारी गराए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.