एचएचसीए र सेब सफल
काठमाडौं, १० भदाैं ।
एचएचसीए र सेबले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् ।
एचएचसीएले आयोजक ग्रिनल्यान्डलाई ४१–२९ ले पराजित ग¥यो । एचएचसीएका युकेन्द्र लिम्बूले १४ अंक जोडे । सेबले स्किब्सलाई ४३–३६ ले हरायो । सेबका मनीष गुरुङले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमै न्युटनले हेम्सलाई ५८–५७ तथा किङडमले फेरिल्यान्डलाई ४०–१२ ले पाखा लगाए । न्युटनका उज्ज्वल लामाले १७ तथा किङडमका मिङमार लामालले १७ अंक बटुले ।
गल्र्समा तेजस्वीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १२–५, न्युटनले नव दीक्षितलाई २२–६, फेरिल्यान्डले ज्ञान संस्कारलाई १७–१२, भ्याली पब्लिकले केभीकेएसएसलाई २६–५ र ग्रिनल्यान्डले ल्यान्डमार्कलाई २५–१० ले पन्छाए । तेजस्वीकी एस्थर बरुवालले ९, न्युटनकी दिपसना ठकुरीले ८, फेरिल्यानडकी सन्दिपा राईले १३, भ्याली पब्लिककी लोरिशा गौचनले १० र ग्रिनल्यान्डकी प्रियंका चन्दले ९ अंक जोडे ।
जुनियर ब्वाइजमा पारामाउन्ट एकेडेमीले बीएनएलाई १८–१३, न्युटनले तेजस्वीलाई ३६–२४ र हिमालयनले भ्याली पब्लिकलाई २०–१५ ले पराजित गरे । पारामाउन्टका सुदिप घलेले १०, न्युटनका आशिष राईले १० र हिमालयनका पारसमणि चौधरीले ७ अंक बटुले ।

टिप्पणी लेख्नुहोस्