लेख विवरण

भक्त राना स्मृति चेसमा २०० भन्दा बढी खेलाडीको सहभागिता

भक्त राना स्मृति चेसमा २०० भन्दा बढी खेलाडीको सहभागिता

काठमाडौं । भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्या २०० पार गरेको छ । रोयल एयरपोर्ट होटेल, काठमाडौँमा आयोजना हुने १९०० भन्दा कम रेटिङको सो प्रतियोगितामा नेपाल र भारतका समेत गरी २०० जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक संस्था अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष दिपेन राईले जानकारी दिए ।

प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको समेत गरी २ लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ । बुधवार र बिहीबार हुने सो रेपिड चेस प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.