मास्टर्स टेबलटेनिसमा नेपाललाई ९ पदक
काठमाडौं, १० भदाैं ।
नेपाली भेट्रान खेलाडीले प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगिताको विभिन्न स्पर्धामा ९ पदक जितेका छन् । माल्दिभ्समा अगष्ट १९ देखि २५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ५ रजत र ३ कांस्य जितेको हाल माल्दिभ्समा रहेका टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।
कपालीले १ स्वर्ण र २ रजत जिते । सुरज वज्राचार्यले २ रजत र १ कांस्य हात पारे । धन महर्जनले १ रजत तथा पूर्णशंकर श्रेष्ठ र सानु महर्जनले समान १–१ कांस्य जिते । कपालीका अनुसार मास्टर्स टेबलटेनिसमा नेपालले हासिल गरेको यो उपलब्धी हालसम्मै ठूलो हो ।

टिप्पणी लेख्नुहोस्