एन्फाद्वारा ए, बी र सी डिभिजन क्लबहरूलाई फुटबल वितरण, प्रशिक्षण र विकासमा सहयोगको उद्देश्य
काठमाडौं, भदौ ११ – नेपाली फुटबलको विकास र क्लबहरूलाई थप सशक्त बनाउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए, बी र सी डिभिजनका क्लबहरूलाई फुटबल वितरण गरेको छ। एन्फाको निरन्तर सहयोग अभियान अन्तर्गत प्रत्येक क्लबलाई २० सेट फुटबल प्रदान गरिएको हो।
फुटबल वितरण कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले क्लबहरूलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनुको महत्त्वमा जोड दिँदै, यस प्रकारको सहयोगले नेपाली फुटबलको स्तर वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनीहरूले क्लबहरूका प्रशिक्षण र विकास कार्यक्रमलाई अझ प्रभावकारी बनाउन फुटबलले सहयोग गर्ने उल्लेख गर्दै खेलाडी उत्पादन र गुणस्तर वृद्धिमा प्रत्यक्ष असर पर्ने बताए।
फुटबल वितरण कार्यक्रम एएफसी (एशियाली फुटबल महासंघ) को सहयोगमा सम्पन्न भएको हो। एन्फाले आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
टिप्पणी लेख्नुहोस्