लेख विवरण

एन्फाद्वारा बी र सी डिभिजन क्लबका लागि क्षमतावृद्धि कार्यशाला सम्पन्न

एन्फाद्वारा बी र सी डिभिजन क्लबका लागि क्षमतावृद्धि कार्यशाला सम्पन्न

काठमाडौं, भदौ ११ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो ग्रासरुट कार्यक्रम अन्तर्गत बी र सी डिभिजन क्लबहरूका लागि क्षमतावृद्धि कार्यशाला आयोजना गरेको छ। बुधबार एन्फा कम्प्लेक्समा सम्पन्न उक्त कार्यशालामा क्लब व्यवस्थापन, प्रशासन, सुरक्षित वातावरण निर्माण, ग्रासरुट विकास तथा आर्थिक स्थायित्व जस्ता महत्वपूर्ण पक्षमा केन्द्रित प्रशिक्षण दिइयो।

कार्यशालामा सहभागी क्लब प्रतिनिधिहरूले अन्तरक्रियात्मक छलफल तथा व्यवहारिक सत्रमार्फत आफ्ना अनुभव साटासाट गरे। उनीहरूले दीर्घकालीन रूपमा क्लबको व्यावसायिक विकास र स्थायित्वका लागि यस्तो कार्यशाला उपयोगी रहेको बताए।

एन्फाले क्लबहरूको संस्थागत मजबूती र समग्र फुटबल संरचनाको सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसले नेपाली फुटबलमा दिगो प्रगति र स्थायित्व सुनिश्चित गर्ने अपेक्षा लिइएको छ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.