३१ औं ज्ञान कार्निभल : ज्ञानोदय र टीआईए विजयी
काठमाडौं, भदौ ११ गते ।
आयोजक ज्ञानोदय र टीआईएले ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको ब्वाइजमा बुधबार जित हात पारेका छन् ।
खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले स्वस्तिश्रीलाई ४८–१९ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा अर्नव खड्काले १२ अंक योगदान गरे । रोशन नगरकोटीको १४ अंक सहयोगमा टीआईएले जेम्सलाई ३५–१८ ले हरायो ।
ब्वाइजमै ज्ञान निकेतनले रेडियन्ट पब्लिकलाई ५४–४७ ले पाखा लगायो । ज्ञान निकेतनका सवाज मन्सुरले २८ स्कोर गरे । गल्र्समा रेडियन्ट पब्लिकले बौद्ध इन्टरनेसनललाई १९–१२ ले पन्छायो । रेडियन्टकी सोनु तामाङले ८ अंक जोडिन् ।
कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) ले ज्ञानोदयलाई ३–१ गोलले पराजित ग¥यो । एलएका मेसी राई, सौगात मगर र स्मिथ रावतले समान १–१ गोल गरे ।

टिप्पणी लेख्नुहोस्