एन्फा यू–१६ युथ लिग २०२५: हिमालयन शेर्पा क्लबद्धारा जावलाखेल युथ क्लब १–० ले पराजित
काठमाडौं, भदौ ११ – एन्फा यू–१६ युथ लिग २०२५ अन्तर्गत मंगलबार भएको खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेल युथ क्लबमाथि १–० को रोमाञ्चक जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा हिमालयन शेर्पाका लागि निर्णायक गोल दोस्रो हाफमा आयो। दुवै टिमबीच कडा प्रतिस्पर्धा देखिएको भए पनि हिमालयन शेर्पाले गोल गर्ने अवसरलाई सदुपयोग गर्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा हिमालयन शेर्पाका खेलाडीले दवाव सिर्जना गर्दै एक मात्र गोल गर्न सफल भए। खेलभरि उत्कृष्ट प्रदर्शन गरेका शेर्पाका डिफेन्डरहरूले जावलाखेललाई बराबरीको अवसर समेत दिन दिएनन्।
यो जितसँगै हिमालयन शेर्पा क्लबले लिग तालिकामा महत्वपूर्ण अग्रगमन गरेको छ ।
युथ लिगको आगामी खेलहरू अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ, किनकि युवा खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने यो उत्कृष्ट प्लेटफर्म बन्दै गएको छ।
टिप्पणी लेख्नुहोस्