भुटान महिला राष्ट्रिय लिग: पुजा रानाको जादुमय गोलमा ट्रान्सपोर्ट युनाइटेडको जित
भदौ ११ – नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पुजा रानाको अन्तिम क्षणको शानदार सेट पिस गोलको मद्दतले ट्रान्सपोर्ट युनाइटेडले भुटान महिला राष्ट्रिय लिग अन्तर्गत आज गेलेफु एकेडेमीलाई २–० ले पराजित गरेको छ।
खेलको ९०औं मिनेटमा आएको पुजाको बेजोड फ्रि–किक गोलले खेलको नतिजा टुंग्याइदियो। सुरुदेखि नै दबाबमा राखेको ट्रान्सपोर्ट युनाइटेडले पहिलो हाफमा अग्रता बनाएको थियो भने पुजाको अन्तिम मिनेटको गोलले ‘डिल सिल’ गर्यो।
पुजाको यो प्रदर्शनले नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली उपस्थिति झल्काएको छ। जितसँगै ट्रान्सपोर्ट युनाइटेड लिगको शीर्ष स्थानमा रहन सफल भएको छ।

टिप्पणी लेख्नुहोस्