लेख विवरण

खुकुरी कप ७–ए–साइड २०२५: माल्टामा दोस्रो संस्करणको तयारी, नेपाली क्लबहरू प्रतिस्पर्धामा

खुकुरी कप ७–ए–साइड २०२५: माल्टामा दोस्रो संस्करणको तयारी, नेपाली क्लबहरू प्रतिस्पर्धामा

माल्टा – माल्टामा रहेका नेपाली खेलप्रेमीहरूका लागि पुनः उत्साहको माहोल सिर्जना हुँदैछ। खुकुरी फुटबल क्लब माल्टाको आयोजनामा आउँदो सेप्टेम्बर २० तारिख, शनिबार मोस्टा फुटबल मैदानमा दोस्रो संस्करणको ‘खुकुरी कप ७–ए–साइड २०२५’ हुने भएको छ।

प्रतियोगितामा माल्टामा सक्रिय नेपाली फुटबल क्लबहरूले सहभागिता जनाउनेछन्। खेलको उद्देश्य केवल प्रतिस्पर्धा मात्र नभई नेपाली समुदायबीच एकता, सद्भाव र खेल भावना प्रवर्द्धन गर्नु पनि हो।

प्रतियोगिताका विजेता टोलीलाई €2051 तथा दोस्रो हुने टोलीलाई €1251 नगद पुरस्कार प्रदान गरिनेछ। साथै, सर्वश्रेष्ठ गोलरक्षक, सर्वश्रेष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

खुकुरी फुटबल क्लबका म्यानेजर तथा प्रतियोगिता संयोजक अनिल रानाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। “यो प्रतियोगिता नेपालीहरूको बीचमा खेलमार्फत भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने अवसर हो,” उनले भने।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले €251 प्रवेश शुल्क तिर्नुपर्नेछ।
थप जानकारी वा दर्ताका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
📞 99934586 / 77902632 / 77940605

टिप्पणी लेख्नुहोस्

Please Login to comment.