लेख विवरण

जुनियर तथा क्याडेट टेबलटेनिस सुरु

जुनियर तथा क्याडेट टेबलटेनिस सुरु

काठमाडौं, भदौ ११ गते ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगिताअन्र्गत जुनियर र क्याडेट पुरुष/महिलातर्फ ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् ।

शशि–कल्यण कल्याण कोषको प्रायोजनमा भइरहेको प्रतियोगितामा १ सय ३५ खेलाडी सहभागी छन् । प्रतियोगिताको आयोजक संघका उपाध्यक्ष गोबर्धन श्रेष्ठ र प्रायोजक कोषका अध्यक्ष कल्याण पाण्डेले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगिता  शुक्रबारसम्म जारी रहने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.