टाइमलाइन अन्तरविद्यालय बास्केटबल : बागमती सेमिफाइनलमा
काठमाडौं, भदौ १२ गते । बागमती बोर्डिङ स्कुल दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बागमतीले लर्डस् लाइट एकेडेमीलाई १४–८ ले पराजित ग¥यो । बागमतीकी डिकी शेर्पाले ७ अंक जोडिन् ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइनमा भइरहेको प्रतियोगितामा नेमोनिक मोर्डन एकेडेमी, बाल संसार र काठमाडौं जेभियर्स पब्लिक स्कुल पनि सेमिफाइनलमा पुग्न सफल भए ।
नेमोनिकले भेनस पब्लिक स्कुललाई १९–१५ ले हरायो । नेमोनिककी युसिका तामाङले ११ स्कोर गरिन् । बाल संसारले विट्स एकेडेमीलाई १४–१२ ले पाखा लगायो । बाल संसारकी विपशा गिरीले ४ अंक जोडिन् । यङ हार्ट्स विरुद्धको खेलमा काठमाडौं जेभियर्स पब्लिक स्कुल १३–६ ले विजयी भयो । काठमाडौं जेभियर्सकी सुहामी बानियाँले १० अंक बटुलिन् ।

टिप्पणी लेख्नुहोस्