लेख विवरण

ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल : ग्रिनल्यान्ड र न्युटन सेमिफाइनलमा

ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल : ग्रिनल्यान्ड र न्युटन सेमिफाइनलमा

काठमाडौं, भदौ १२ गते । ग्रिनल्यान्ड र न्युटन १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

धापासीस्थित घरेलु कोर्टमा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २४–१६ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा आहाना खड्काले ७ अंक योगदान गरिन् । आइरिन राणाको ६ अंक सहयोगमा न्युटनले फेरिल्यान्डलाई १७–१६ को साँघुरोअन्तरले हरायो ।

सिनियर ब्वाइजमा किङडमले जिनियस वल्र्डलाई ४६–३५ तथा न्युटनले भ्याली पब्लिकलाई ५८–४५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । किङडमका मिङमा लामाले २० तथा न्युटनका उज्ज्वल श्रेष्ठले २१ स्कोर गरे ।

जुनियर ब्वाइजमा जेबी स्कुल सेमिफाइनलमा पुग्यो । जेबीले लालीगुराँस नेसनल एकेडेमीलाई १९–१३ ले पन्छायो । जेबीका गौरव ओलीले ११ अंक जोडे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.