नेपाल खेलकुद क्लबको एकपक्षीय जित, बुटवल लुम्बिनी एफसीलाई ६–१ ले हरायो
काठमाडौँ, भदौ १२, एन्फा महिला लिग छनोट प्रतियोगिता २०८२ अन्तर्गत आज सम्पन्न खेलमा नेपाल खेलकुद क्लबले बुटवल लुम्बिनी एफसीविरुद्ध शानदार प्रदर्शन गर्दै ६–१ को फराकिलो जित हासिल गरेको छ।
खेलको सुरुवातदेखि नै आक्रमणमा देखिएको नेपाल खेलकुद क्लबले पहिलो हाफमै ३ गोल गर्दै अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ३ गोल गर्दै क्लबले जित सुनिश्चित गर्यो। बुटवल लुम्बिनी एफसीले एकमात्र सान्त्वना गोल खेलको उत्तरार्धमा गर्न सक्यो।

टिप्पणी लेख्नुहोस्