लेख विवरण

एन्फाद्वारा ग्रासरुट कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

एन्फाद्वारा ग्रासरुट कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो ग्रासरुट कार्यक्रम अन्तर्गत खेलकुद शिक्षक, ईसीए समन्वयकर्ता तथा फुटबल प्रशिक्षकहरूका लागि बिहीबार एन्फा कम्प्लेक्समा क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरेको छ।

सो कार्यशालामा विभिन्न विद्यालयका २७ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ग्रासरुट फुटबलको महत्व, बालसुरक्षा र विद्यालयहरूले सुरक्षित तथा रमाइलो फुटबल वातावरण निर्माणमा खेल्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

सहभागीहरूले आफ्ना विद्यालय तथा एकेडेमीका अनुभव, विचार र उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरेका थिए जसका कारण कार्यशाला अझै अन्तरक्रियात्मक र ज्ञानवर्धक बनेको एन्फाले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.