त्रिभुवन आर्मी फुटबल क्लबद्धारा एनआरटी २–१ गोल अन्तरले पराजित
काठमाडौं – एन्फा यू–१६ युथ लिग २०२५ अन्तर्गत शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्यु रोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले पराजित गरेको छ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमै दुवै टिमले आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्ने अवसर आर्मीले उपयोग गर्न सफल भयो। एनआरटीले दोस्रो हाफमा बराबरी गोल फर्काए पनि अन्त्यतिर आर्मीले निर्णायक गोल गर्दै पूर्ण तीन अंक आफ्नो पक्षमा पार्यो।
यस जितसँगै त्रिभुवन आर्मी फुटबल क्लबले लिग तालिकामा महत्वपूर्ण अंक जोडेको छ भने न्यु रोड टिम भने हारसँगै अंक बटुल्न असफल रह्यो।

टिप्पणी लेख्नुहोस्