लेख विवरण

एएफसी महिला च्याम्पियन्स लिग: प्रिति राई सम्मिलित इतिहादको पहिलो जित

एएफसी महिला च्याम्पियन्स लिग: प्रिति राई सम्मिलित इतिहादको पहिलो जित

काठमाडौं, भदौ १२ (अगस्ट २८, २०२५): एएफसी महिला फुटबल च्याम्पियनशिपको प्रारम्भिक चरणमा नेपाली खेलाडी प्रिति राई सम्मिलित जोर्डनको इतिहाद फुटबल क्लबले पहिलो जित दर्ता गरेको छ। आज भएको खेलमा इतिहादले क्रिजिकस्थानको एसिया गोल फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
 
यसअघि, इतिहादले पहिलो खेलमा सिंगापुरको लायन सिटी सेलोर्ससँग ०-२ गोल अन्तरको हार बेहोरेको थियो। यो जितसँगै इतिहादले अर्को चरण प्रवेशको सम्भावनालाई जीवित राखेको छ।
 
नेपाली राष्ट्रिय टोलीकी फरवार्ड राई सम्मिलित इतिहादले अब आफ्नो अन्तिम समूह चरणको खेलमा मलेसियाको केलाना युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरण पार गर्न इतिहादलाई अर्को खेल जित्नै पर्ने दबाब रहेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.