लेख विवरण

म्युनिखमा एनआरएनए जर्मनी कप फुटबल २०२५, विजेतालाई ५ हजार युरो पुरस्कार

म्युनिखमा एनआरएनए जर्मनी कप फुटबल २०२५, विजेतालाई ५ हजार युरो पुरस्कार

म्युनिख – गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले यस वर्ष पनि आफ्नो परम्परागत वार्षिक खेलकुद कार्यक्रमलाई निरन्तरता दिने भएको छ। सेप्टेम्बर ६, २०२५ शनिबारका दिन म्युनिखमा हुने ‘एनआरएनए जर्मनी कप फुटबल २०२५’ मा पुरुष र महिला दुवै समूहले प्रतिस्पर्धा गर्नेछन्।

आयोजक समितिका अनुसार, प्रतियोगिताको फाइनल खेल म्युनिखमै हुनेछ। विजेता टोलीले नगद ५,००० युरोसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष सम्मान गरिनेछ।

एनआरएनए जर्मनीका प्रवक्ता शिवराम ढकालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भने, “खेलकुद केवल मनोरञ्जनका लागि होइन, यसले सम्बन्ध सुदृढ बनाउन र आपसी एकता बढाउन ठूलो भूमिका खेल्छ। हामी यो प्रतियोगितामार्फत जर्मनीमा रहेका नेपाली युवाबीच भाईचाराको भावना थप प्रगाढ बनाउन चाहन्छौं।”

उनले सम्पूर्ण नेपाली समुदायलाई खेलाडीहरूको उत्साह बढाउन उपस्थित भइदिन विशेष आग्रह पनि गरेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.