भ्याली पब्लिक र केभीकेएसएस फाइनलमा
काठमाडौं, भदौ १३ गते ।
भ्याली पब्लिक र केभीकेएसस १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्ड कोर्टमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० ले पराजित ग¥यो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ अंक जोडे । केभीकेएसएसले आयोजक ग्रिनल्यान्डलाई १८–१७ ले हरायो । केभीकेएससकी पूजा वाइबाले ५ अंक जोडिन् ।
सिनियर ब्वाइजमा न्युटनले किङडमलाई ५१–४९ तथा टीआईएले हेम्सलाई ४५–४३ ले हराउदै फाइनलमा पुगे । न्युटनका उज्ज्वल श्रेष्ठले २५ तथा टीआईएकी सुजन गुरुङले २७ स्कोर गरे ।
जुनियर ब्वाइजमा गोल्डेनपिकले न्युटनलाई ३१–२३ तथा जेबी स्कुलले एन्जल्स हार्टलाई २७–२५ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे । न्युटनका फुर्वा शेर्पाले १३ र जेबीका गौरव ओलीले १६ अंक बटुले ।

टिप्पणी लेख्नुहोस्