नेमोनिक दोहोरो उपाधिनजिक
काठमाडौं, भदौ १४ गते ।
नेमोनिक मोर्डन एकेडेमीको ब्वाइज र गल्र्स दुवै टोली दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
ब्वाइजको सेमिफाइनलमा नेमोनिकले काठमाडौं जेभियर्स पब्लिक स्कुललाई ५४–४८ ले पराजित ग¥यो । नेमोनिकको जितमा रेनिश लामाले २१ अंक योगदान गरे ।
फाइनलमा नेमोनिकको भेट एन्जल लर्डसंग हुनेछ । अर्को सेमिफाइनलमा केभिन चौलागाईंको १२ अंक सहयोगमा एन्जल लर्डले नेरिक एकेडेमीलाई ३८–३४ ले हरायो ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको गल्र्समा नेमोनिकले बाल संसारलाई १२–६ ले पाखा लगायो । नेमोनिककी युसिका तामाङले ८ अंक जोडिन् ।
उपाधिका लागि नेमोनिकले बागमतीको सामना गर्ने छ । बागमतीले काठमाडौं जेभियर्सलाई ३३–२९ ले पन्छायो । बागमतीकी स्मृति पोखरेलले १३ स्कोर गरिन् । फाइनल सोमबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्