लेख विवरण

एशिया कप २०२५: अब राति ८ बजेबाट सुरु हुने सबै खेल

एशिया कप २०२५: अब राति ८ बजेबाट सुरु हुने सबै खेल

दुबई, अगस्ट ३० – क्रिकेट एशिया कप २०२५ का खेल अब भारतीय समय अनुसार राति ८ बजे सुरु हुने भएका छन्। यसअघि ७:३० बजेबाट सुरु हुने भनिए पनि यूएईको अत्यधिक गर्मीका कारण खेलको समय आधा घण्टा पछि सारिएको हो।

एशिया कप यस वर्ष सेप्टेम्बर ९ बाट सुरु भई सेप्टेम्बर २८ मा फाइनल खेलिनेछ। प्रतियोगिता टी–२० ढाँचामा हुनेछ। भारत यसपटकको आधिकारिक आयोजक भए पनि भारत–पाकिस्तानबीचको राजनीतिक सम्बन्धका कारण सबै खेल न्यूट्रल भेन्यू यूएईमा आयोजना गरिनेछ।

सितम्बर महिनामा यूएईमा दिनको समयमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने र साँझसम्म पनि गर्मी तीव्र रहने भएकाले खेलाडीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै ढिलो समय तोकिएको हो। खेल प्रसारण गर्ने संस्थाले समेत यस परिवर्तनलाई स्वीकृति दिएको छ।

समूह विभाजन

  • समूह ए: भारत, पाकिस्तान, ओमान, यूएई

  • समूह बी: श्रीलंका, बंगलादेश, अफगानिस्तान, हङकङ

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.