लेख विवरण

रियालको विजयी यात्रा जारी, मायाेर्काबिरूद्द २-१ काे जीत

रियालको विजयी यात्रा जारी, मायाेर्काबिरूद्द २-१ काे जीत

काठमाडौं, १५ भदौं । रियाल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई  लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ।

शनिबार रियालले मायोर्काविरुद्ध २–१ को पुनरागमन जित निकाल्यो ।

स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन आर्दा गुलर र भिनिसियस जुनियरले गोल गरे । मायोर्काका लागि वेदत मुरिकीले गोल गरे ।

खेलको १८औं मिनेटमा मुरिकीको गोलमार्फत मायोर्काले अग्रता लिएको थियो । ३७औं मिनेटमा गुलरले रियाललाई बराबरीमा ल्याए ।

त्यसको एक मिनेटपछि नै जुनियरले रियाललाई २–१ ले अगाडि बढाएका थिए ।

जितसँगै तीन खेलमा ९ अंक जोडेको रियाल शीर्षस्थानमा उक्लिएको छ । पराजित मायोर्का समान खेलबाट एक अंकका साथ १८औं स्थानमा छ ।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.