लेख विवरण

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठद्वारा खेलाडीहरूको विदाइ

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठद्वारा खेलाडीहरूको विदाइ

काठमाडौं –  नेपाल ओलम्पिक कमिटी (NOC) का अध्यक्ष जीवनराम श्रेष्ठले महिका राणा (टेनिस) र विजय बुर्जा (बास्केटबल) लाई ६औं एथलिट्स फोरम, ओलम्पिक काउन्सिल अफ एशिया का लागि विदाई गरेका छन्। फोरम सेप्टेम्बर १–३, २०२५ मा काजाकस्तानको अस्ताना शहरमा आयोजना हुँदैछ।

अध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई शुभकामना दिँदै फोरमबाट सिकेका अनुभव नेपालमा फर्केर भविष्यका खेलाडीहरूको हितका लागि साझा गर्न प्रेरित गरेका छन्।

विदाइ कार्यक्रममा नेपाल ओलम्पिक समितिका महासचिव राजिव श्रेष्ठ र NOC सचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ पनि उपस्थित थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.