जय सेकन्डरी बोर्डिङ स्कूलमा नेपाल हक्की संघद्वारा हक्की समाग्री वितरण
काठमाडौं – जय सेकन्डरी बोर्डिङ स्कूल, मध्यपुर ठिमी मा नेपाल हक्की संघले हक्की समाग्री वितरण गरेको छ। कार्यक्रममा संघकी महासचिव सुवर्ण केशरी श्रेष्ठ ले विद्यार्थीहरूलाई हक्की खेलका सामग्री हस्तान्तरण गरिन्।
महासचिव श्रेष्ठका अनुसार यो पहलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई हक्की खेलमा सहभागी गराउने र खेलको विकासलाई आधारभूत स्तरबाट प्रवर्द्धन गर्ने हो।
विद्यालयका प्रतिनिधिहरूले भनेका छन् कि यस कार्यक्रमले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने मात्र नभई भविष्यमा दक्ष खेलाडी तयार गर्न पनि योगदान पुर्याउनेछ।

टिप्पणी लेख्नुहोस्