लेख विवरण

साफ–१७ महिला च्याम्पियनसिप : नेपाल र भूटान बराबरी, भारतले उपाधि जित्यो

साफ–१७ महिला च्याम्पियनसिप : नेपाल र भूटान बराबरी, भारतले उपाधि जित्यो

काठमाडौं, १५ भदौ – भूटानमा जारी साफ–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली भूटानसँग १–१ को बराबरी खेलेको छ। आइतबार भएको यो खेल दुवै टोलीका लागि औपचारिकतामात्र बनेको थियो।

पहिल्यै उपाधि जितिसकेको भारतसँगै नेपाल र भूटान प्रतियोगिताबाट बाहिरिसकेका थिए।

प्रतियोगिताको अन्तिम तालिकाअनुसार, भारत अपराजित रहँदै पाँच खेलबाट १५ अंक जोडेर च्याम्पियन बनेको छ। दोस्रो स्थानमा रहेको बंगलादेशले पाँच खेलबाट १० अंक जोड्यो।

नेपालले पाँच खेलमा जम्मा ३ अंक मात्र जोड्न सक्यो भने घरेलु टोली भूटानले समान खेलबाट १ अंक हात पार्‍यो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.