लेख विवरण

श्रीलंकालाई ढिलो ओभर-रेटका कारण जरिवाना, पहिलो एकदिवसीयमा रोमाञ्चक जीत

श्रीलंकालाई ढिलो ओभर-रेटका कारण जरिवाना, पहिलो एकदिवसीयमा रोमाञ्चक जीत

काठमाडौं, भदौ १६ (सेप्टेम्बर १): जिम्बाब्वे विरुद्धको पहिलो एकदिवसीय खेलमा ढिलो ओभर-रेट कायम गरेकोमा श्रीलंकाली क्रिकेट टोलीलाई म्याच फीको ५ प्रतिशत जरिवाना गरिएको छ। हरारेमा भएको यस खेलमा श्रीलंकले जिम्बाब्वेलाई ७ रनले पराजित गरेको थियो।
 
आईसीसी एलिट प्यानलका म्याच रेफ्री जेफ क्रोको निर्णय अनुसार, श्रीलंकाले समय भत्तापछि निर्धारित ओभरभन्दा एक ओभर कम बलिङ गरेको पाइएको थियो। आईसीसी कोड अफ कन्डक्ट फर प्लेयर्स एन्ड प्लेयर सपोर्ट पर्सनलको धारा २.२२ अनुसार, न्यूनतम ओभर-रेटसम्बन्धी नियम उल्लंघन गरेमा प्रत्येक ओभरको लागि खेलाडीलाई ५ प्रतिशत म्याच फी जरिवाना गरिन्छ।
 
यस विषयमा कुनै औपचारिक सुनुवाइको आवश्यकता परेन् किनभने कप्तान चरिथ असलंकाले अपराध स्वीकार गर्दै प्रस्तावित जरिवाना स्वीकार गरेका थिए।
 
यो खेल एक उच्च स्कोरिंग थ्रिलर थियो, जहाँ दिलशान मदुशंकाले अन्तिम ओभरमा ह्याट्रिक गरेर श्रीलंकालाई रोमाञ्चक जीत दिलाएका थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.