लेख विवरण

वात्सल्य एभरेष्ट महिला भलिबल लिग: टिम राजेश vs. टिम धनराज प्रदर्शनी खेल

वात्सल्य एभरेष्ट महिला भलिबल लिग: टिम राजेश vs. टिम धनराज प्रदर्शनी खेल

पोखरा, भदाै १६, २०८२ – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करण सुरु हुनु अघि, पोखराको लेकसाइड हलन्चोकमा भदाै १९, २०८२ मा दिनको ४ बजे टिम राजेश र टिम धनराज बीच प्रदर्शनी भलिबल खेल आयोजना हुने भएको छ।

यो खेलमा नेपालका चर्चित अभिनेता राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले टिमको endorsement गर्नु भएको छ। खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र EWV फ्रेन्चाइज टिमका प्रमुख खेलाडीहरू सहभागी हुनेछन्।

प्रत्येक टिममा १२ खेलाडी रहनेछन्, जसमा EWV फ्रेन्चाइज टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरू, र पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन्। यो प्रदर्शनी खेलले मनोरञ्जन, प्रतिस्पर्धा र स्टार पावर को मिश्रण प्रस्तुत गर्दै दर्शकलाई लिगको उत्साह र प्रतिभाको पूर्वावलोकन दिनेछ।

कलाकार सहभागीहरू मा आना शर्मा, सनीषा भट्टराई, र आदिती बुढाथोकी रहेका छन् भने प्रमुख खेलाडीहरूमा अरुणा शाही, प्रगति पुन, सलीना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, र उषा भण्डारी, साथै आफ्ना टिमका विदेशी खेलाडीहरू पनि सहभागी हुनेछन्। पोखरा आधारित साना इन्फ्लुएन्सरहरू ले पनि प्रदर्शनी खेललाई थप रोचक र सहभागितापूर्ण बनाउनेछन्।

वात्सल्य एभरेष्ट महिला भलिबल लिग भदाै २०–२८, २०८२ मा पोखराको बहुउद्देशीय कभर्ड हल मा आयोजना हुने छ। यो एशियाको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग हो, जसमा ६ प्रतिस्पर्धी टिमहरू र ९ देशका १८ विदेशी खेलाडीहरू सहभागि हुनेछन्। यसले नेपाल र एशियामा महिला पेशागत भलिबलको लागि ऐतिहासिक प्लेटफर्म प्रस्तुत गर्नेछ।

यो प्रदर्शनी खेलले मात्र लिगको उद्घाटनको माहोल तयार पार्दैन, तर महिला भलिबलको बढ्दो लोकप्रियतालाई पनि उत्सव स्वरूप प्रस्तुत गर्दै, पोखरामा खेलकुद, मनोरञ्जन र सामुदायिक सहभागिता प्रवर्द्धन गर्नेछ। 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.