शनिबारदेखि नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदैं
नेपालगन्ज, भदौं १७ गते
बाँके जिल्ला फुटबल संघको आयोजनामा आगामी शनिबार देखि यु-१४ छात्र-छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगिता नेपालगन्ज रंगशालामा हुनेछ ।
विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुको लागि यो प्रतियोगिता आयोजना गरेका हौं ।’
प्रतियोगितामा सहभागिताको लागि अध्यक्ष शाहीले बाँके जिल्ला सम्पुर्ण विद्यालयहरुलाई समेत अनुरोध गर्नु भएको छ ।
आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार सहभागि हुने विद्यालयको खेलाडीको जन्म मिति २०६८ पौष १७ गते वा सो भन्दा पछि हुने पर्नेछ ।

टिप्पणी लेख्नुहोस्