एन्फा महिला लिग छनोट : संकटाले ६–१ को जितसहित छनोटमा आफ्नो स्थान सुनिश्चित गर्यो
काठमाडौं । संकटाले शानदार प्रदर्शन गर्दै एनबीएम पोखरा गल्र्सलाई ६–१ ले पराजित गरेको छ।
यस विजयसहित संकटाले एक खेल बाँकी छँदै एन्फा महिला लिग क्वालिफायर २०२५ मा आफ्नो स्थान सुनिश्चित गरेको हो।
संकटाको आक्रामक खेल र उत्कृष्ट समन्वयका कारण टोलीले सहज जित निकालेको हो।
यससँगै उनीहरू आगामी चरणका लागि बलियो दाबेदारका रूपमा स्थापित भएका छन्।

टिप्पणी लेख्नुहोस्