लेख विवरण

खेल पूर्वाधार उपयोग सम्बन्धी कार्यविधिको प्रतिवेदन राखेपलाई बुझाइयो

खेल पूर्वाधार उपयोग सम्बन्धी कार्यविधिको प्रतिवेदन राखेपलाई बुझाइयो

काठमाडौं, भदौ १८ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेका खेल पूर्वाधारहरूको उपयोग तथा सञ्चालनसम्बन्धी कार्यविधि बनाउन गठित कार्यदलले आफ्नो प्रतिवेदन परिषद्‍लाई बुझाएको छ।

राखेप कार्यकारी समितिकी सदस्य समेत रहेकी कार्यदलकी संयोजक सुवर्ण श्रेष्ठले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएकी हुन्।

सदस्य–सचिव घिसिङले कार्यदलले तयार पारेको प्रतिवेदन अत्यन्त उपयोगी रहेको उल्लेख गर्दै, परिषद्को बोर्ड बैठकबाट पारित भएपछि कार्यान्वयनमा ल्याइने जानकारी दिए।

कार्यदलका संयोजक श्रेष्ठले खेल पूर्वाधारको संरक्षण, प्रभावकारी उपयोग, खेलाडीमैत्री वातावरण, सबैका लागि सुलभ र व्यवस्थित व्यवस्थापनका उपायहरू सहितको सुझाव प्रतिवेदनमा समेटिएको जानकारी दिइन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.